Techie IT
  • २४ मंसीर २०८०, आईतबार
Jhilko

रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि वार्ता आवश्यक : ब्राजिलका राष्ट्रपति सिल्भा


ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्ता आवश्यक रहेकोमा जोड दिएका छन् । उनले समस्याको समाधान वार्ताबाटै खोजिनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रपति सिल्भाले युद्धको लागि किएभ पनि दोषी रहेको र मस्कोमाथि प्रतिबन्ध लगाउन वा किएभलाई गोलाबारुद आपूर्ति गर्न आफूहरु पश्चिमी देशहरुसँग सामेल नभएको प्रस्ट पारेका छन्।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँग लिस्बनमा भएको भेटपछि उनले आफूहरु वार्ताद्वारा नै राजनीतिक समाधानको समर्थन गर्ने बताए । यसअघि गएको फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका उनले अप्रिल महिनाको सुरुमा चिनियाँ राष्ट्रपति सी जिन पिङसँग पनि रुस–युक्रेन युद्धको विषयमा छलफल गरेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट