Techie IT
  • २१ मंसीर २०८०, बिहीबार
Jhilko

अस्ट्रेलियाले लामो दुरीको थप क्षेप्यास्त्र किन्ने


अस्ट्रेलियाले ‘चीनबाट बढ्दो खतरा’ को सामना गर्न लामो दुरीको थप क्षेप्यास्त्र खरिद गर्ने भएको छ । अस्ट्रेलियाले एक करोड ९० लाख अस्ट्रेलियन डलर खर्च गरेर थप क्षेप्यास्त्र खरिद गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

देशको रक्षा मामिलासम्बन्धी समीक्षाले द डिफेन्स स्ट्राटेजिक रिभ्यू (डी.एस.आर.), ताइवानबारे चीनको अडान, बढ्दो क्षेत्रीय तनाव र आवश्यक परे बल प्रयोग गर्ने चीनको पटक–पटकको धम्कीका कारण थप क्षेप्यास्त्र आवश्यक रहेको निष्कर्ष निकालेको आधारमा क्षेप्यास्त्र खरिदको निर्णय भएको हो ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले रक्षा समीक्षाले भविष्यलाई पर्खनुभन्दा आफूहरूले भविष्यलाई आकार दिने गरी तयारी गरेको बताएका छन् । अब खरिद गर्ने अस्त्रहरूमा भूमि केन्द्रित सुरक्षा अस्त्रहरूको सट्टा पाँच सय किलोमिटरभन्दा लामो दुरीमा प्रहार गर्न सक्ने क्षमतासहितका अस्त्रहरूमा केन्द्रित हुने रक्षामन्त्री रिचर्ड मार्ल्सले बताएको बीबीसीले जनाएको छ ।

सन् २०२२ मा एक विज्ञ समूहको प्रतिवेदनले अस्ट्रेलियाली सेनाका लागि सबैभन्दा नराम्रो अवस्था आउन थालेको चेतावनी दिएको थियो । चीनले ताइवानमाथि सम्भावित युद्धको क्रममा नजिकैको क्षेत्रको नियन्त्रण लिनसक्ने विज्ञ समूहले जनाएको छ । गएको महिना अमेरिकी विदेश मन्त्रालयले अस्ट्रेलियालाई २२० क्रुज क्षेप्यास्त्रहरू बेच्न स्वीकृति दिएको थियो । जसको मूल्य ८५ करोड ५० लाख अमेरिकी डलर हो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट