पाकिस्तानको स्वात उपत्यका विस्फोटन कम्तीमा१७को मृत्यु

काठमाडौं । पाकिस्तानको स्वात उपत्यकामा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ ।
उत्तर–पश्चिम पाकिस्तानस्थित एक आतंकवाद विरोधी कार्यालयमा भएका दुई विस्फोटनमा परी कम्तीमा १७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका हुन्।
प्रहरीले आक्रमणको कुनै प्रमाण नभेटिएको सो विस्फोटनमा मर्ने अधिकांश प्रहरीहरू रहेका छन् ।
विस्फोट स्वात उपत्यकामा भएको थियो । सन्२००९मा नियन्त्रण कायम गरी रहेका इश्लामिकहरूलाई क्षेत्रबाट बाहिर निकालिएको थियो ।
५० भन्दा बढी मानिस घाइते भएका छन् भने भवनहरु भत्किएका छन् । मृत्यु हुनेमा चार जना सर्वसाधारण रहेका छन् ।
अफगानिस्तानको छिमेकी खैबर पख्तुनख्वामा प्रान्तीय प्रहरीका प्रवक्ताले गोला बारुदमा आगलागी भएको बताए । उनले सम्भवतः बिजुलीको सर्ट सर्किटका कारण आगलागी भएको बताए।
पाकिस्तानी तालिबान समूहले हालैका महिनाहरूमा सुरक्षा बलहरूलाई लक्षित गरी धेरै आक्रमणहरू गरेका छन् । तर यो विस्फोटनहरूमा संलग्नता दाबी गरेको छैनन्।
काउन्टर टेररिज्म डिपार्टमेन्टका क्षेत्रीय प्रमुख सोहेल खालिदले रोयटर्ससँगको कुराकानीमा विस्फोटहरू आतंकवादको कार्य जस्तो नदेखिएको बताए ।
प्रधानमन्त्री शहबाज शरीफले सुरुमा विस्फोटलाई “आत्मघाती हमला“ भनेका थिए तर पछि ट्वीट गर्दै “विस्फोटको प्रकृतिबारे अनुसन्धान भइरहेको“ बताए।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking
प्रतिक्रिया