Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आमाले गरिन् आत्महत्या


काठमाडौं, १७ वैशाख । भारतस्थित विहारको गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या गरेकी छन्। जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार पतिले सताएपछि उनले पहिले आफ्ना नानीलाई मारेर आत्महत्या गरेकी हुन्।

छिमेकीरूले पनि मालतीको आत्महत्याको कारण उनका श्रीमान् नै भएको बताएका छन्। घरायसी तनावका कारण मालती आत्महत्याको बाटो रोज्न विवश भएकी उनीहरूको भनाइ छ। मालतीका पतिलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट