Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

भारतीय सुरक्षा सल्लाहकारद्वारा रुसी समकक्षीलाई दिएको वचन अमेरिकी गुप्तचरको कागजातद्वारा खुलासा


काठमाडौं । भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले रुसी समकक्षी निकोले पात्रुशेभलाई यो वर्षको फेब्रुअरीमा रुसलाई भारतले बहुपक्षीय स्थानहरूमा सघाउने भनी दिएको वचन अमेरिकी गुप्तचर संस्थाबाट चुहिएको गुप्त कागजातबाट खुल्न गएको छ ।

डोभालले यस वर्ष फेब्रुअरी २२ मा मस्कोमा भएको बैठकमा आफ्ना रूसी समकक्षी पात्रुशेभलाई भारतको समर्थनको रहने आश्वासन दिएका थिए । अमेरिकी गुप्तचर दस्तावेज चुहिएको सो काजगातमा यस्तो फेला परेको वासिंटन पोस्टले जनाएको हो ।

चुहिएका कागजातहरू अनुसार डोभालले पत्रुशेभलाई भारतको अध्यक्षतामा भएको जी ट्वेन्टीको समूहको बैठकमा युक्रेन युद्ध नआओस् भनी सुनिश्चित हुने गरी काम गरिरहेको बताएका थिए । उनले युक्रेनमा पश्चिमा समर्थित संयुक्त राष्ट्रसंघको प्रस्तावलाई समर्थन गर्न दबाबको लागि भारतको प्रतिरोधलाई पनि खुलाउँदै उनले भने “भारतले विगतमा लिएको सैद्धान्तिक अडानबाट विचलित हुने छैन।”

यूएस एयर नेशनल गार्डका २१ वर्षीय आईटी विशेषज्ञद्वारा धेरै संवेदनशील फाइलहरू जारी गरिएको थियो । जसले रूसी सेनाहरू विरुद्ध युक्रेनको सैन्य क्षमता र वासिंगटनले आफ्ना सहयोगी इजरायल र दक्षिण कोरियामा कथित जासुसीको उदाहरणहरूबारे अमेरिकी चिन्ता प्रकट गर्दछ।

अमेरिकी गुप्तचर एजेन्सीहरूले डोभालको पत्रुशेभसँगको छलफलमा कसरी पहुँचट प्राप्त गरे भन्ने कुरा स्पष्ट गरेका छैनन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका विश्वासपात्र पात्रुसेभले सांघाई सहयोग संगठनको बैठकमा भाग लिन दिल्ली पुगेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मार्च २९ मा औपचारिक भेटवार्ता गरेका थिए ।

डोभालको भेटको एक सातापछि मोदी सरकारले नयाँ दिल्लीमा भएको जी ट्वेन्टीका विदेश मन्त्रीहरूको बैठकको अन्त्यमा जारी गरिने संयुक्त वक्तव्यबाट युक्रेन युद्धको कुनै पनि सन्दर्भ हटाउन सुझाव दिएको थियो। यसले यो मुद्दामा आफ्नो तटस्थ अडान र संकट समाधान गर्न कूटनीतिक च्यानलहरू प्रयोग गर्नुपर्छ भन्ने आफ्नो दृष्टिकोणको दोहोर्याइएको दाबी गरेको छ।

यद्यपि, पश्चिमी देशहरूले त्यो सुझावलाई स्वीकार गरेनन् र यो असहमतिले व्यापक विश्वव्यापी चुनौतिहरूमा सहमति जुटाउन असफल भयो। संयुक्त वक्तव्यको सट्टा, जी ट्वेन्टीको अध्यक्षको सारांश र परिणाम रूस–युक्रेन युद्धको सम्बन्धमा सदस्य देशहरूले व्यक्त गरेको स्थितिलाई रेखांकित गर्दै कागजात जारी गरियो । ।
रुस र चीनसँगको अमेरिकाको प्रतिद्वन्द्वीका सम्बन्धमा विकासशील देशहरूले लिएको स्थितिको बारेमा चुहावटको विश्लेषण गर्दै, वासिंंटन पोस्टको रिपोर्टले जनाएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट