Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

आफैले ल्याएको कुरौटे सुगाले व्यभिचार पर्दाफाश गरेपछि सम्बन्ध विच्छेदको सामना गर्ने पुरुष


काठमाडौं । एक भियतनामी पुरुषको व्यभिचार उसको कुरौटे सुगाले पर्दाफाश गरेपछि पत्नीले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् ।

पति घरेलु कामदारसँग लसफस गरेका बेला बोलेको शब्द सुगाले टिप्दै गएको थिए ।

राम्ररी फर्निचर व्यवसाय चलाएर बसेको सो भियतनामी दम्पत्तिले घरको काम गर्न एक महिला कामदार राख्ने निर्णय गरेको थियो ।

सुरुमा पतिको व्यवहार ठिक ठिकै थियो । कामदार महिलाको बस्ने कोठा सुगा भएको कोठा नजिक थियो ।

पत्नी नभएको बेला पति महिला कामदारसँगको लसफसमा फस्न पुगेको थियो ।

घरमा पत्नी नभएका बेला दुवै बीचको प्रेमालापका बेला निस्कने शब्दहरू सिकेको कुरौटे सुगाले मालिकनी आएको बेला फटाफट बोलेको पत्नीले सुनिछे ।

त्यसपछि त्यसको पुष्टि गर्न महिला कामदारको घरमा गुप्तरूपमा क्यामरा जडान गर्न लगाइन् । क्यामरा जडान भएपछि महिलाले पतिको कर्तुतलाई सबुतको रूपमा लिएर अब अदालतमा मुद्दा दायर गरेको भियतनामनेटले जनाएको छ ।

यसैगरी सुगासम्बन्धी एक समाचार मार्चमा भारतमा घटित भएको थियो । भारतमा एक कुरौटे सुगाले एक हत्या मुद्दाको मुख्य साक्षी बन्न पुगेको थियो । चराको गवाहीले अन्ततः २०१४मा एक महिलाको विभत्स हत्याको लागि दुई पुरुषहरूलाई जीवनको लागि जेलमा हाल्न लगाएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, मनोरञ्जन
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट