Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

अमेरिकी अन्तरिक्ष यात्री चन्द्रमामा पाइला टेकेको प्रमाण नभएको रोस्कोसमोसका पूर्व प्रमुखको भनाइ


काठमाडौं । अमेरिकको कुनै अन्तरिक्ष यात्री चन्द्रमामा पाइला नटेकेको रुसी अन्तरिक्ष अध्ययन संस्थानका पूर्व प्रमुखले बताएका छन् ।

रुसको अन्तरिक्ष अध्ययन संस्थान रोस्कोसमोसका पूर्व प्रमुख दिमित्री रोगोजिनले सन् १९६९ मा अमेरिकी अपोलो एलेभन मिसन चन्द्रमामा अवतरण गरेको आफूले अझै कुनै ठोस प्रमाण नदेखेको भनी शंका व्यक्त गरेका हुन् ।

आइतवार आफ्नो टेलिग्राम च्यानलको एक पोस्टमा रोगोजिनले भने “लगभग दश वर्ष पहिले सत्यको लागि आफ्नो व्यक्तिगत खोज सुरु गरेँ । जब म त्यतिखेर रुसी सरकारमा काम गरिरहेका थिए । अमेरिकीहरूले वास्तवमा पाइला राखेका थिए कि भनेर आफूलाई शंका लागेको थियो । चन्द्रमा जब मैले सोभियत अन्तरिक्ष यात्रीहरू आफ्नो उडानबाट फर्किदा कति थकित भएको देखेँ र अपोलो एलेभनका चालक दललाई त्यसको तुलनामा त्यस्तो नदेखेपछि शंका लागेको थियो ।”

रोस्कोसमोसलाई प्रमाणको लागि अमेरिकासँग उनले अनुरोध पठाएका थिए ।

उनले सन् २०१८मा रोसकोसमोसका प्रमुख नियुक्त भएसम्म प्रमाण पेश गरिएको थिएन ।

रोस्कोसमोसका पूर्व प्रमुखले उच्च–स्तरीय अधिकारीबाट क्रोधित फोन कल प्राप्त गरेको बताएका छन् ।

एपोलो एलेभेन चन्द्रमाको पहिलो मानव अभियान थियो । नील आर्मस्ट्रङ र बज एल्ड्रिन चन्द्रमाको सतहमा हिंड्ने पहिलो मानवको रूपमा इतिहासमा स्थापित भएका थिए ।

उडान पहिले मानवरहित सोभियत लुना टु कार्यक्रम द्वारा गरिएको थियो । जसले चन्द्रमा अन्वेषणको लागि बाटो बलियो बनाएको थियो ।

गत अप्रिलमा राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको चन्द्र कार्यक्रम पुनः सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

 

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट