Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

इटालीको मिलानमा पार्किङ गरिएको भ्यानमा भीषण विस्फोट, चारैतिर धुवाँको मुस्लो


इटालीको मिलानमा पार्किङ गरिएको भ्यानमा भीषण विस्फोट भएको छ । यस विस्फोटका कारण चारैतिर कालो धुवाँको मुस्लो देखिएको छ । विस्फोटका कारण भवनको अधिकांश भाग जलेर नष्ट भएको छ ।

बिहीबार इटालीको मिलान सहरको मध्यभागमा पार्किङ गरी राखिएको अक्सिजन ट्याङ्की बोकेको भ्यानमा अचानक विस्फोट भएको थियो जसका कारण एउटा नर्सरी स्कुल र आवासीय अपार्टमेन्ट र नजिकका भवनहरू खाली गर्नुपरेको थियो । इटालियन मिडियामा एक जना घाइते भएको खबर छ । इटालीको वित्त र फेसन राजधानीको पोर्टा रोमाना नजिकैको साँघुरो सडकबाट कालो धुवाँको मुस्लो उठेको देख्न सकिन्छ।

इटालियन समाचार एजेन्सीले अग्निनियन्त्रकहरूले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको बताएको छ। जुन नजिकै पार्क गरिएका अन्य सवारीसाधनमा फैलिएर भवनलाई घेरेको थियो । आगलागीका कारण भवनको अगाडिको भाग जलेको छ । धुवाँका कारण एकजनालाई सास फेर्न गाह्रो भएको बताइएको छ ।

विस्फोटको कारण खुल्न सकेको छैन । विस्फोटका सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । –एजेन्सी


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट