Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

कोरियाली प्रायद्वीप ध्वंसको छेउमा पुग्दै गएको उत्तर कोरियाको चेतावनी


काठमाडौं । उत्तर कोरियाले कोरियाली प्रायद्वीप ध्वंसको छेउमा पुग्दै गएको जनाएको छ ।

दक्षिण कोरिया र जापानसँग अमेरिकाको संयुक्त सैन्य अभ्यासले क्षेत्रलाई सशस्त्र द्वन्द्वको नजिक धकेलिरहेको उत्तर कोरियाले शुक्रबार चेताएको हो ।

अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यास गर्ने तयारी गरिरहँदा उत्तर कोरियाले यस्तो चेतावनी दिएको हो।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएले यो समाचार सार्वजनिक गरेको छ ।

अर्को हप्ता अमेरिका र दक्षिण कोरियाले आफ्नो गठबन्धनको ७०औँ वार्षिकोत्सव र दक्षिण कोरियाको सशस्त्र बलको ७५औँ वार्षिकोत्सव मनाउन आफ्नो सबैभन्दा ठूलो संयुक्त प्रत्यक्ष सैन्य अभ्यास सुरु गर्नेछन्। पाँच चरणमा विभाजन गरिएको यो अभ्यास मे २५ देखि जुन १५ सम्म हुनेछ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट