Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

डोनबासको महत्वपूर्ण शहर आत्र्योमोभ्स्क पूर्ण रूपमा मुक्त भएको रुसी सरकारको दाबी


काठमाडौं । रुसी सेनाले रणनीतिक महत्वको डोनबास शहर आत्र्याेमोभस्क जसलाई युक्रेनमा बाख्मुट भनेर चिनिन्छ त्यो शहरलाई पूर्णरूपमा मुक्त गरेको छ ।

एक वर्ष भन्दा बढी समयदेखि चलिरहेको युद्धको क्रममा रुसी सेनाले यो शहरलाई पूर्ण मुक्त गराएको रुसी रक्षा मन्त्रालयले आइतवार बिहान पुष्टि दाबी गरेको हो ।

शहरमा अपरेशन वाग्नर निजी सैन्य समूहद्वारा नियमित रूसी सेनाहरुको तोपखाना र हवाईको सहयोगमा भएको रुसी रक्षामन्त्रालयले जनायो ।

युक्रेनले शहर रुसको हातमा परेको कुरा अस्वीकार गरेको छ ।

यो शहरमा लामो समयदेखि रक्तरञ्जित युद्ध भइआएको छ ।

रूसी सेनाहरूले यसलाई लामो समय घेरा हाली आक्रमण गर्दै आएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट