Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

क्राइमिया जनमत संग्रहको नतिजा वैधानिक भएकोमा फ्रान्सेली प्रतिपक्षी नेतृ ले पेनको भनाइ


काठमाडौं । सन् २०१४ को जनमतसंग्रहले क्राइमियामा बसोबास गर्ने जनताको रुसमा सामेल हुने इच्छालाई सही रूपमा प्रतिबिम्बित गरेको फ्रान्सेली प्रतिपक्षी दलकी नेतृ मरिन ले पेनले बताएकी छिन् ।

बुधबार फ्रान्सेली राष्ट्रिय सभामा सोधिएको प्रश्नको जवाफमा उनले यस्तो बताइन् ।

उनले भनिन् “म जनमत संग्रहको पूर्ण समर्थन गर्दछु । मलाई लाग्छ कि क्राइमियाका बासिन्दाहरूले रूससँग पुनर्मिलन गर्न स्वतन्त्र रूपमा मतदानद्वारा आफ्नो इच्छा व्यक्त गरे। मलाई लाग्छ कि यो बिल्कुल वैध थियो।”

रुसी साम्राज्यले १८औँ शताब्दीमा ओटोम्यानहरूबाट क्रिमिया कब्जामा लिएको थियो।

क्रिमियनहरूले मार्च २०१४मा एक जनमतसंग्रहको आयोजना गरे । केही समयपछि अमेरिकी समर्थित सत्ता पलटले युक्रेनी राष्ट्रवादीको सरकार स्थापना ग¥यो ।

नतिजाले रूसमा पुनः सामेल हुनको लागि अत्यधिक समर्थन देखायो ।त्यो निर्णयलाई रुसी सरकार स्वीकार ग¥यो । यसैबीच युक्रेन सरकारले ओडेसा र खार्कोभ क्षेत्रहरूमा उठेका असहमतिलाई हिंसात्मक रूपमा कुचल्यो र डोनेत्स्क र लुगान्स्क विरुद्ध सेना पठायो।

नेसनल ¥याली पार्टीकी नेतृरूसी प्रभावको छानबिन गर्ने संसदीय आयोगमा उपस्थित भएकी थिइन् । उनको पार्टीले रूसी बैंकबाट दुईवटा ऋण लिएको आरोपबारे बोल्दै ले पनेले कुनै पनि फ्रान्सेली वा ईयू बैंकहरूले उनको पार्टीसँग काम गर्न नचाहेकोले र विशुद्ध व्यापारिक व्यवस्था अन्तर्गत सो कारोबार गरेको बताइन् । आफूलाई रुसी सरकारले एजेन्ट नबनाएका नबनेको बताइन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट