Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

तीसौँ जलवायु शिखर सम्मेलन ब्राजिलमा हुने


तीसौँ जलवायु शिखर सम्मेलन (कोप–३०) ब्राजिलमा हुने भएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२५ को अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) आयोजनाका लागि ब्राजिललाई छनोट गरेको हो ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि अमेजोनियन सहर बेलेम डो पारामा तीसौँ कोप आयोजना गर्ने घोषणा गरेको समाचार संस्था एएनआईले जनाएको छ ।

राष्ट्रपति लुलाले ट्विट गरेको भिडियोमा आफूले इजिप्ट, पेरिस, कोपनहेगनमा जलवायु सम्मेलनमा भाग लिएको र सम्मेलनमा उपस्थित प्रायःसबैले अमेजनकाबारेमा कुरा गरेकाले अमेजनलाई चिनाउन यो सम्मेलन अमेजनमा नै गर्न चाहेको उल्लेख गरेका छन् ।

ब्राजिलका विदेश मामिला मन्त्री माउरो भिइराले संयुक्त राष्ट्रसङ्घले गएको वर्ष इजिप्टमा भएको जलवायु सम्मेलनमा ब्राजिलका राष्ट्रपति लुलाको अनुरोधलाई स्वीकार गर्दै ब्राजिलको प्रस्तावलाई हालै अनुमोदन गरेको जानकारी दिएका छन् । बेलेम डो पारा अमेजन जङ्गलको किनारमा अवस्थित उत्तरी ब्राजिलको एक सहर हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट