Techie IT
  • २० मंसीर २०८०, बुधबार
Jhilko

१३ वर्षीया किशोरीले परिवारको ६४ हजार अमेरिकी डलर  मोबाइल गेममा सकाएपछि…


मध्य चीनको हेनान प्रान्तमा १३ वर्षीया एक किशोरीको मोबाइलमा गेम खेल्ने कुलतका कारण परिवारको सम्पूर्ण बचत रकम सकिएको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार नाम सार्वजनिक नगरिएकी ती किशोरीले आमाको बैंक खाताबाट गेम खेलेर ६४ हजार अमेरिकी डलर  सकेकी हुन् । उनले १७ हजार डलर गेममा, २९ हजार डलर गेम एप्लिकेशन खरिद गर्न र १४ हजार डलर १० जना साथीलाई गेम खेल्न दिएर खर्च गरेकी थिइन् ।

चार महिनाको अवधिमा यो रकम खर्च भएको हो । आमाको ुडेबिट कार्डु प्रयोग गरेर मोबाइल गेममा पैसा उडाएको ती किशोरीका शिक्षिकाले देखेपछि उनले तत्काल किशोरीकी आमालाई उनकी छोरीको कुलत र रकम स्वाहा पारेको जानकारी गराएकी थिइन् । शिक्षिकाले सूचना प्रवाह गर्दा धेरै ढिलो भइसकेको थियो, आमाको खातामा एक रुपैयाँ ३३ पैसामात्र बाँकी थियो ।

समाचारअनुसार आमाले छोरीलाई आवश्यक परेका बेला विद्युतीय माध्यमबाट खर्च गर्न सक्ने गरी आफ्नो डेबिट कार्ड पासवर्डसहित प्रदान गरेकी थिइन् । उनका बाबुले त्यति धेरै रकम कसरी खर्च गर्‍यो भनेर सोधेपछि उनले खर्चको विवरण दिएकी हुन् । साथीभाइले गेमका निम्ति रकम भुक्तानी गरिदिन आग्रह गरेपछि उनीहरूलाई नाइँ भन्न नसकेको जवाफ उनले दिएकी छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, रोचक

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट