Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

भुटानसँगको सम्वन्धमा किन सन्देह गर्दैछ भारत ?


केही दिन अगाडि भुटानका राजा जिग्मे खेसर नामग्याल वांगचुकले दिल्लीको भ्रमण गरेका थिए । तीन दिवसीय त्यस भ्रमणका क्रममाा उनले भारतकी राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी, बिदेश मन्त्री एस.जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहाकार अजीत डोभालसँग समेत भेटघाट गरेका थिए । सबै भेटघाट र विचार बिमर्शमा दुबै देश भुटान र भारतले आपसी सम्बन्धलाई अझ सबल तुल्याउने जस्ता धारणा ब्यक्त गरेको पनि सुनियो । तर यो भ्रमणको रणनैतिक उपलब्धी दुई देशमा कसका लागि के भयो त्यसको भने छनक कतै केही देखा परेन । यद्यपि भारतीय विदेश सचिव बिनय क्वात्राले भ्रमण सम्पन्न भए पछि संयुक्त घोषणापत्रको जानकारी दिदै भारत र भुटानको अनुकरणीय सम्वन्ध रहेको र त्यो परस्पर बिश्वास, सद्भाव र आपसी समझदारीको बिशेषता भएको बताएका थिए ।

उल्लेखनीय के छ भने भारत ‘डोकलाम’ बिवादमा भुटानले मुख खोलेर उसको अडान दिल्लीमा व्यक्त गरोस् भन्ने चाहन्थ्यो । किनभने त्यस सम्वन्धमा भुटानले आफ्नो दृष्टिकोण बदलेको हालको परिप्रेक्षमा त्यसबारे भुटानले खुलासा गरिदेओस् भन्ने कुरा यो भ्रमणका बेला कतै व्यक्त भएन । त्यसैले डोकलाम बिवादमा भुटानको पछिल्लो अडानले भारत सशंकित रहेको देखिन्छ । विश्लेषकहरु भन्दछन् कि चीनलाई लिएर भारत यतिबेला डिफेन्सिभ अर्थाात, रक्षात्मक मूडमा छ र त्यसको प्रतिच्छाया भुटान र भारतको सम्वन्धमा पनि परेको छ । किनभने केही समय पहिला भुटानका प्रधानमन्त्री लोटे छिरिङ्ग बेल्जियम भ्रमणमा गएको बेला उनले एउटा समाचारपत्रलाई अन्तर्वार्ता दिँदै डोकलाम बिवादमा भारत, चीन र भुटान उत्तिकै सरोकारवाला हुन् र यसमा कोही ठूलो सानोको कुरा छैन भनेका थिए । यस सम्बन्धमा जब भारत र चीनले चाहन्छन् भुटान वार्ता गर्न पनि तयार छ भन्ने कुरा पनि उनले प्रष्ट पारेका थिए । निश्चय नै भुटानको यो भनाई भारतका लागि सहज थिएन । यसभन्दा पहिला कहिल्यै पनि भुटानले डोकलाममा चीनको सरोकार रहेको मानेको थिएन र छैन भन्ने भारतको मान्यता रहने गरेको थियो । भुटानी प्रधानमन्त्रीले त भारतको मान्यता बिपरीत डोकलाममा चीनले भुूटानको सीमामा कुनै अतिक्रमण गरेको छैन भनेर चीनलाई क्लिन चिट दिएकोमा भारतको चित्त दुःखाई दिएको स्थिति उत्पन्न भयो । भारतको कुरा के छ भने स्यटालाईटबाट हेर्दा भुटानी जमिनमाथि चीनले बसाएका गाउँहरु स्पष्ट देखापर्दछन् । त्यो नौ किलोमिटर पूर्व दिशामा भुटानको क्षेत्रमा चीनले गाउँ बसालेको भन्ने भारतको दाबी छ ।

नेपालले पनि भारतलाई हैरान गर्ने खालको बयान किन दिएको भन्ने प्रश्न पनि भारतीय पक्षले उठाएको छ र के शंकाको बादल लगाउन खोजेको छ भने डोकलाम मोर्चामा भुटान चीनको आडमा भारतसँग कुनै किसिमको सौदाबाजी गर्न खोजिरहेको त छैन? भन्ने दबावपूर्ण सवाल पनि उठाइरहेको देखिन्छ । भारतले त कतिसम्म अनुमान लगाउन थालेको छ भने भुटानले आफ्नो जमिन चीनलाई सुम्पिन सक्छ । भारतमा सामरिक बृत्तमा समेत भुटानी प्रधानमन्त्रीको यस सम्बन्धि कथित मनशायबारे कुरा उठाएको बताइन्छ ।

आजभन्दा ६ बर्ष पहिला १९१७ मा त्यसै ठाउँमा भारत र चीनका सैनिकहरुको झडप भएको थियो । तर भुटालने भने त्यो कथित बस्ती आफ्नो नभएको भन्दै आएको छ । यसै कुरालाई भारतले भुटानको अडान पहिलाकोभन्दा फरक आएको र त्यसमा चिनीयाँ प्रभाव परेको कुरा बटारेको छ । भारतले त डोकलाम विषयमा चीनले कुनै दख्खल दिनै मिल्दैन भन्दै आएको छ । २०१९ भुटान भारत पक्षमा खडा थियो भन्ने भारतको दाबी छ । यस सम्वन्धमा नेपालले पनि भारतलाई हैरान गर्ने खालको बयान किन दिएको भन्ने प्रश्न पनि भारतीय पक्षले उठाएको छ र के शंकाको बादल लगाउन खोजेको छ भने डोकलाम मोर्चामा भुटान चीनको आडमा भारतसँग कुनै किसिमको सौदाबाजी गर्न खोजिरहेको त छैन? भन्ने दबावपूर्ण सवाल पनि उठाइरहेको देखिन्छ । भारतले त कतिसम्म अनुमान लगाउन थालेको छ भने भुटानले आफ्नो जमिन चीनलाई सुम्पिन सक्छ । भारतमा सामरिक बृत्तमा समेत भुटानी प्रधानमन्त्रीको यस सम्बन्धि कथित मनशायबारे कुरा उठाएको बताइन्छ ।

हुन त भुटान सानो अल्पबिकसित देश हो नै । उसले आफ्नो विकासका निम्ति भारत र चीनसँग भर पर्नु पर्ने स्थिति छ । भारतले भुटालाई १९६१ देखि नै मद्दत गर्दै आएको र त्यस क्रममा २०१८–२०२३ सम्म आइपुग्दा भारतीय सहयोग राशी ४५०० करोड पुगिसकेको तथ्यांङ्क पनि उसले देखाउन थालेको छ । अनि भुटान पनि भारतलाई बिद्युत बेचेर प्रति वर्ष करोडौं रुपैयाँ लिइरहेको समेत औँल्याइन्छ । भूपरिबेष्ठित देश भएको हुनाले आफ्ना आवश्यकताका ७५ प्रतिशत सर–सामान भारतबाटै आयात गर्नु पर्ने स्थिति भुटानको अहिलेसम्म रहँदै आएको छ । अनि उसको ९५ प्रतिशत निर्यात पनि भारतमै हुने गरेको छ । भारत नै भुटानको प्रत्यक्ष विदेशी लगानी (एफडीआई)को पनि सबैभन्दा ठूलो श्रोत रहेको छ । अनि भुटान भारतको सुरक्षा चिन्तालाई लिएर बनेको सन्धिमा बाँधिएको पनि छ । उसले भारतको सहमति नलिई कुनै तेश्रो मुलुकसँग सीमा सम्झौता पनि गर्न नसक्ने भारतको जोडदार दाबी छ । यस्तो स्थितिमा नै भुटान भित्र अहिले भारतसँगको यस्तो अति निर्भरता ठिक छैन र चीनसँग पनि उसले सम्बन्ध बढाउनु पर्दछ भन्ने कुरा पनि उठिरहेको छ, जुन भारतलाई पाच्य देखिँदैन ।

भारतको अर्को भाष्य के छ भने चीन भारत–भुटान सम्बन्धलाई चीनको कथित बिस्तारवादी नीतिका लागि बाधा मान्दछ भने अरु दक्षिण एशियाली देशहरुमा जस्तै चीनले भूटामा पनि आफ्नो पयर जमाउन चाहन्छ भन्ने डर पनि उसले देखाइरहेको छ । यसै वर्ष गएको जनवरीमा चीनको कुनमिङ्ग सहरमा सीमा सम्बन्धि मुद्दाका विषयमा चीन– भुटान बिशेषज्ञहरुको बैठक बसेको थियो । दुबै देश सीमा समस्या सुल्झाउनका लागि वार्तालाई तीब्रता दिने कुरामा सहमत भएका थिए । चीन र भुटानको बढ्दो सम्वन्धले आफ्नो प्रभाव क्षेत्र कमजोर हुने स्थिति विकसित हुने चिन्ता भारतलाई बढ्दो छ । त्यसैले उसले भन्ने गरेको छ कि बितेको पाँच, छ बर्षको क्रममा चीनले जस्तो कूटनीतिक तरीकाले भूटानको अडानमा परिवर्तन ल्याइदिएको छ त्यसबाट भारतका लागि सुरक्षा चिन्ता बढेको छ ।

भारतको एकहोरो भनाई छ कि डोकलाम झडप पनि चीनको कथित बिस्तारवादकै कारण भएको हो । भारतको आरोप के छ भने यो ट्राइजक्शन (डोक्लाम) लाई अन्तर्राष्ट्रिय मानचित्रमा सात किलोमिटर दक्षिणमा देखाइनु पर्दछ र त्यसले गर्दा डोकलाम क्षेत्र पूरै चीनको मातहतमा आउँछ । भारतको अर्को के दाबी पनि यस सम्वन्ध देखिँदैछ भने रणनीतिक दृष्टिकोणले भुटानलाई भन्दा धेरै बढी भारतलाई डोक्लामको आवश्यकता छ । डोकलामले भारत–चीन संघर्षमा चीनकाबिरुद्ध भारतलाई एक सैन्य बिकल्प प्रदान गर्ने पनि भारतले अड्डी लिइरहेको छ । त्यसैले भारतले के भन्ने गरेको छ भने यदि डोकलाममाथि चीनको नियन्त्रण भयो भने भारत बंगालका पूर्बोत्तर शहर सिलिगुडीसम्म चीनको सिधा पहुँच बन्न जान्छ । यही कारणले गर्दा भारत भुटानको पछिल्लो परिवर्तित अडानको पृष्ठभूमिका कारणले निकै हैरान देखापर्दैछ । त्यसैले भुटानका राजाको यो पछिल्लो भारत भ्रमणका बेला पनि यो भारतका लागि महत्वको कुरा नउठ्नु भारतका लागि निकै चिन्ता र कूटनीतिक परिबृत्तमा निकै महत्वको जिज्ञाषा र उत्सुकताको विषय बनेको देखिँदैछ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, जनमञ्च, बिचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट