Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ‘शुभद्रा मदन फाउन्डेसन’ का सञ्चालक मदन राई पक्राउ


काठमाडौं, २९ वैशाख । आफूलाई कृषिविज्ञका रुपमा चिनाउँदै आएका खोटाङका मदन राई पक्राउ परेका छन्।

७५ वर्षीय मदनले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले मदन राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको बताए।

राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ। उनले आफैँद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो। शुभम फाउन्डेसनभित्र भएको उक्त घटना सार्वजनिक भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो। फाउन्डेसनका संस्थापक मदनले पढाउन भनेर राखिएका बालबालिकाको संवेदनशील अंग चलाउने, शारीरिक सम्पर्कका लागि उक्साउने, आफ्नो शरीरका गोप्य अंग छुन लगाउने र आफू नग्न भएर विद्यार्थीसामु आपत्तिजनक हर्कत गर्दै आएका खुलेको छ।

उक्त फाउन्डेसन खोटाङ सदरमुकाम दिक्तेलस्थित जनजागृति उच्च माध्यमिक विद्यालय परिसरमा चल्दै आएको छ। मदनले स्कुलको सहमति लिएर नौ वर्षअघि उक्त फाउन्डेसन खोलेका थिए। मदनले उक्त फाउन्डेसनका विद्यार्थीलाई त्यहीँ आवासीय होस्टेल बनाएर राख्दै आएका थिए।


क्याटेगोरी : जनमञ्च, कोशी प्रदेश
ट्याग : #breaking, #hot, #madan rai

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट