Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

भ्रष्टाचारः देश र जनताप्रति गद्दारी, शहीदको अपमान


नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर भ्रष्टाचार गरेको आरोपमा नेपाल सरकारका उच्च प्रशासनिक कर्मचारी (सचिव टेकनारायण पाण्डे) सहित राजनीतिक दलका नेताहरुनै पक्राउ परेपछि यतिबेला यो विषयप्रति राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय चसो बढ्दै आएको छ । यसअघि पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई काठमाडौं जिल्ला अदालतबाट आइतबार अनुसन्धानका लागि चार दिन म्याद थप भएको छ । नेकपा (एमाले)का सचिव एवम् पूर्वउपप्रधानामन्त्री टोपबहादुर रायमाझी पक्राउ परेसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लाने भन्दै करोडौँ रकम ठगी गरेको अभियोगमा समातिनेको संख्या १३ पुगेको छ । अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलगायत पक्राउ परेका छन् भने नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा आफैँ प्रहरीसामु उपस्थित भई प्रहरी हिरासतमा छन् । प्रहरीले पक्राउ पूर्जी जारी गरेका केही अभियुक्तहरु भने अझै फरार छन् ।

तर यहीबेला नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्न खोजिएको छ । मानव तस्कर सहितको विषय अगाडि आएको छ, सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ । यसलाई विषयान्तर गर्नु भनेको अन्ततः भ्रष्टाचारलाई सघाउ पु¥याउनु हो । नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रुपमा टुंगोमा पु¥याएर भ्रष्टाचारका अन्य फाइलहरु खोल्दै जानुपर्छ । एउटा थालनी गरिएको कार्यलाई बिचैमा थाँती राखेर अन्य मुद्दातिर लागियो भने मानव तस्करी र भ्रष्टाचारजस्तो जघन्य अपराधको विषयान्तर हुनसक्छ र दोषिले उन्मुक्ति पाउँने खतरा बढ्छ । विषय गिजोलिन्छ, कचल्टिन्छ ।

आफूलाई ‘क्रान्तिकारी’ भन्ने नेताहरु नैं भ्रष्टाचारको काण्डमा पक्राउ पर्नुले सत्तामा पुगेपछि नेताहरु कसरी भ्रष्टीकरण हुँदा रहेछन् भन्ने अर्को जवलन्त उदाहरण पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पटाक्षेप भएको छ । सत्ताको चास्नीले भ्रष्टीकरण भइने हुँदा भ्रष्टीकरणबाट बच्न नेतृत्वमा जरुरी छ । भ्रष्टहरुको प्रतिरक्षामा जोसुकै लाग्यो भने पनि तिनीहरुलाई जनताले नकार्नेछन् । अरु बेला भ्रष्टाचारकाविरुद्ध चर्को भाषण गर्नेले आफ्नो दलका नेता, मन्त्री वा आफ्नो नातागोता र आफन्त भ्रष्टाचारको मुद्दामा पक्राउ पर्दा चुँइक्क नबोल्नु र उल्टै त्यसका पक्षमा बोल्नु अशोभनीय हुन्छ, अमर्यादित हुन्छ र अपाच्य हुन्छ । त्यस्ता व्यक्ति वा संस्थालाई ‘अराष्ट्रिय तत्व’ भन्नी उपमा दिनु उचित हुन्छ ।

सरकारले राम्रो काम गर्दा समर्थन गर्न कुनै पनि राजनीतिक दलका नेताहरु डराउनु हुँदैन । सरकारले राम्रो काम गर्दा सरकारलाई इमानदारिपूर्वक समर्थन गर्न भ्रष्टाचार बिरोधि, सुशासन, पारदर्शीता लोकतन्त्र र समाजवादका पक्षधरहरु सबैको बोली र व्यवहार एक हुनु पर्छ । भ्रष्टाचारको विषय सत्तापक्ष र प्रतिपक्षको नभएर देशको साझा विषय भएकाले यसमा सबैले समान धारणा बनाएर अगाडि बढ्नुपर्छ । नेपाल न्याय, कानुन, जवाफदेहिता र जिम्मेवारी नभएको देश होइन भन्ने प्रमाणित गर्ने बेला आएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएका बेला अन्य विषय झिकेर विषयान्तर गर्नु हुँदैन । आकार दिएर चाहिएको हतियार बनाउँन यतिबेला फलाम तातेको छ, यसलाई सेलाउन दिनैहुन्न ।

नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देशद्रोह हो । यो प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सम्बन्धित पक्षहरु सरकार, प्रहरी, प्रशासन, नागरिक समाज, मिडिया क्षेत्र, गैरसरकारी निकाय, आम नागरिक सबैले सक्रियतापूर्वक ध्यान दिनुपर्छ । यो प्रकरणले सिङ्गो राजनीतिक वृत्तमा नै अविश्वासको वातावरण सृजना भइरहेको छ, यसलाई गम्भीर रूपमा लिई अनुसन्धानको प्रक्रिया गहिरो र निष्पक्ष रुपमा अघि बढाउनुपर्ने छ । यसका दोषीलाई कानुनी कठघरामा ल्याउनका लागि सरोकारवाला पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ । अहिले यो मुद्दाका विषयमा ठूला भनिएका राजनीतिक दलका नेताहरू दिनहुँ भेटिरहेका छन्, यसले आम जनमानसमा एउटा शङ्का निर्माण हुने अवस्था सृजना गरेको छ । यो प्रकरणलाई निस्तेज पार्न ठूला दलका नेताहरू सक्रिय भइरहेका त छैनन् ? यतिबेला यो प्रश्न आम जनमानसमा उब्जिएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक भन्ने गर्नुभएको छ, ‘हामी दोषिलाई उन्मुक्ति दिने छैनौँ, निर्दोष फँस्ने छैनन्, यो त टेलर मात्र हो पुरै अब पुरै फिल्म देखाउँछौं ।’ देशकै अभिभावकले यति भनेपछि पक्कै पनि सुशासन होला, भ्रष्टाचारीहरु सबै पक्राउ पर्लान् भनेर चित्त बुझाउने र विश्वास गर्ने ठाउँ भने अझै बाँकी नै छन् ।

आफूलाई ‘क्रान्तिकारी’ भन्ने नेताहरु नैं भ्रष्टाचारको काण्डमा पक्राउ पर्नुले सत्तामा पुगेपछि नेताहरु कसरी भ्रष्टीकरण हुँदा रहेछन् भन्ने अर्को जवलन्त उदाहरण पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पटाक्षेप भएको छ । सत्ताको चास्नीले भ्रष्टीकरण भइने हुँदा भ्रष्टीकरणबाट बच्न नेतृत्वमा जरुरी छ । भ्रष्टहरुको प्रतिरक्षामा जोसुकै लाग्यो भने पनि तिनीहरुलाई जनताले नकार्नेछन् । अरु बेला भ्रष्टाचारकाविरुद्ध चर्को भाषण गर्नेले आफ्नो दलका नेता, मन्त्री वा आफ्नो नातागोता र आफन्त भ्रष्टाचारको मुद्दामा पक्राउ पर्दा चुँइक्क नबोल्नु र उल्टै त्यसका पक्षमा बोल्नु अशोभनीय हुन्छ, अमर्यादित हुन्छ र अपाच्य हुन्छ । त्यस्ता व्यक्ति वा संस्थालाई ‘अराष्ट्रिय तत्व’ भन्नी उपमा दिनु उचित हुन्छ ।

अहिले युवाहरूमा चरम असन्तुष्टि रहेको छ । हिजोका क्रान्तिकारी शक्तिहरु समयानुकुल रुपान्तरण हुन सकेनन् । त्यसैले सबै दलहरुले वर्तमान एजेण्डा र जनताको चाहना बुझ्नुपर्छ । जनतामा निराशा छ । अग्रगामी प्रगतिशील सोंच राख्नेहरूले समय छँदै आफू सच्चिनु पर्छ, नभए विकल्प दिनुपर्छ । जनतामा सुशासन र समृद्धी सुम्पिनु पर्छ । गाउँ गाउँमा पुगेको सिंहदरबारलाई किमार्थ दुरुपयोग गरिनु हुँदैन । नत्र यसले बिद्रोहको झिल्को सल्काउने छ । राजनीतिक वा प्रशासनिक तहका व्यक्तिले भ्रष्टाचार गरेमा देश र जनताप्रति गद्दारी, शहीदको रगतको अपमान, संविधान, कानून र शासन प्रणाली मिच्ने अपराधिक कर्म हुनेछ । इतिहासले माफी दिने छैन ।

 


क्याटेगोरी : जनमञ्च, बिचार, राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट