Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

नक्कली भुटानी शरणर्थी प्रकरणले निम्तिने निश्कर्ष


देश आज सर्बत्र भयावह र चरम भ्रष्टचार, ठगी र संगठित अपराधको बिगबिगीले आक्रान्त छ । यस्ता गतिबिधिमा राज्यका बिभिन्न उच्च तहमा पदासीन रहेका मन्त्री, सांसद जस्ता राजनीतिकर्मी तथा उच्च कर्मचारीहरुको संलग्नताले यी अपराधहरु निस्फिक्रीरुपमा निर्वाध चलिरहेको प्रष्ट हुन्छ ।

घटनाक्रमले त्योभन्दा माथिका ओहोदाधारीहरुलाई तान्न सक्ने आँलन र अनुमान पनि भइरहेको छ । त्यसमा पनि पछिल्लो घटना जुन नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर पश्चिमा देशमा पठाउने राष्ट्रिय लज्जा र भयंकर ठूलो धोकाको पर्दाफास भएको छ यसलाई देश र जनताप्रतिको ठूलो द्रोह अर्थात राज्य द्रोहको गम्भीर अपराध मानिँदै र ठानिँदै छ । यसले देशको राज्ययन्त्र अविश्वसनीय र इज्जत आवरु नरहेको अपरधिक समूहमा परिणत भएको प्रतीत भइरहेको छ । यसले हाम्रो देशको शासन प्रशासन कति खोक्रो र कति गैर जिम्मेवार बन्दै गएको रहेछ भन्ने कुरा पनि प्रष्ट र उजागर गरिदिएको छ ।

यो पछिल्लो नक्कली भुटानी शरणार्थी प्रकरणलाई जसरी सतहमा ल्याइएको छ र यसको छानबिन चल्दैछ यसलाई पनि बिगतमा जस्तै सामसुम पार्ने र यसका सबै जिम्मेवारहरुलाई पानीमाथिको ओभानो बनाएर सुनपानी छर्किने प्रपञ्च नहोला भन्न सकिने स्थिति छैन । बिगतका अनेक तस्करी, कमिशन र भ्रष्टचारका काण्डहरु तामेलीमा राखिए, ठुलालाई संरक्षण र सानालाई दण्ड सजाय दिएर टार्ने गरिएको छ । त्यसैको फलस्वरुप देशमाा यस्ता अबाञ्छित घटना परिघटनाहरु दोहोरिने, झाँगिने र मौलाउने आधार बने, बनिरहेका छन् । यसरी दण्डहीनताको प्रपञ्चका जनता र राष्ट्रको मनोबल गिराउने र उनीहरुलाई निराश तुल्याउने एकपछि अर्को गतिबिधिले राजनीतिक भ्रष्टचार र अपराधका कुकर्महरु अझ बढ्ने र राष्ट्र अझ कमजोर र खाक्रो भएर जाने कुरा बाहेक अरु केही हुँदैन ।

यस स्थितिले गर्दा अझ सम्वेदनशील कुरा त के प्रष्ट भएको छ भने अपराध जगतबाट देश र जनतालाई जोगाउने र कानुनको पालना गर्ने गराउने जिम्मेवारी बहन गर्नुपर्ने राज्यको गृह प्रशासन लगायतका बर्तमान सांसद र पूर्वजिम्मेवार उपप्रधान मन्त्रीहरु र भुटानी शरणार्थी नेता समेत जे जस्ता जनता र राष्ट्रपति अरु सबैभन्दा बढी जिम्मेवार, बफादार, निष्ठाबान र अनुशासित रहनु हुनुपर्ने ब्यक्तित्वहरु नै आफ्नो पदको घोर दुरुपयोग गर्दै यस्ता अबाञ्छित र गम्भीर किसिमका अपराधिक कार्यमा संगठित तरीकाले संलग्न भेटिनु कम खतरानाक कुरा होइन । यस प्रकार हिजो पञ्चायत र बहुदलकालमा घटे घटाइएका घटनाहरुभन्दा यो गणतन्त्रात्मक कालमा घटाइएका यस्ता आपराधिक घटनाहरु अझ बढी गम्भीर र अझ बढी लज्जास्पद घटना हुन पुगेका छन् । यस प्रकारका कुकृत्यलाई समाजमा हुने गरेका सामान्य अपराधका घटनाकोरुपमा मात्र लिनु नहुने कुरा एकदमै प्रष्ट छ ।

त्यसमा पनि अझ संयुक्त राष्ट्र संघसँग सम्वन्धित शरणार्थी सम्वन्धि उच्च आयोग जस्ता संस्थासँग गासिएका भुटानी शरणार्थीहरुको हक अधिकारमाथि जानाजान खेलबाड गर्ने र अन्तर्राष्ट्रियरुपमा तिनले पाउने सुबिधा र सहुलियतलाई दुरुपयोग गर्ने तथा नेपाली नागरिकलाई बिदेशी नागरिक र शरणार्थी बनाएर बिदेशमा बेच्ने संगठित र योजनाबद्ध मानब बेचबिखन जस्तो जघन्य अपराधको सञ्जाल खडा गर्नु र घटना घटाइनुले यो अहिलेको भ्रष्टाचार, ठगी र मानब तस्करी गर्ने घटनाले अन्तर्राष्ट्रिय जगतनै आकर्षित हुने र भइरहेको कुरा पनि जग जाहेर नै छ । यसले नेपालप्रतिको मित्रराष्ट्रहरुको सम्वन्धलाई सन्देहास्पद र अविश्वसनीय तुल्याउँदछ भने नेपालको रहे सहेको छबिलाई पनि ध्वस्त बनाउँदछ । यो कम ठूलो चिन्ता र लज्जाको बिषय होइन । आज बिविध कारणले प्रवासिएका या प्रवासिन बाध्य भएर बिभिन्न मुलुकमा पुगेर स्थायी अस्थायीरुपमा रहे–बसेका नेपाली समुदायप्रति पनि यस घटनाले जुन सन्देह र अपमानको अबस्था सिर्जना गरेको छ त्यो पनि एकदमै दुःखदायी कुरा भइरहेको छ ।

यस्तो स्थितिमा अनेक किसिमले नेपालमााथि हस्तक्षेप गर्दै आएका शक्ति राष्ट्रहरुले यो विषयलाई अघि सारेर र निहुँ बनाएर थप हस्तक्षेप गर्ने आधार पनि यसलाई बनाउँदछन् । अहिले नै त्यस्तो सन्देह गरिदैछ र त्यसको आभाष पनि भइरहेको छ । फलतः नेपाली जनताले थप बाह्य हस्तक्षेपको बोझ झेल्नुपर्ने स्थिति खडा हुन पुग्दछ । भुटानी शरणार्थी बनेर बिदेश छिरेका छिराइएका नेपाली मूलका मानिसहरु कति साच्चै भुटानी हुन् र कति गैर भुटानी हुन् भन्ने चासो र चिन्ता अमेरिका, बेलायत, अष्टे«लिया लगायतका पश्चिमा देशहरुले लिने र छानबिन गर्ने जुन कुराहरु अहिले उठिरहेको छन् ती यही संगठित र योजनाबद्ध अपराधको उपज हुन् भन्ने कुरा स्वीकार नगरी धरै छ्रैन । त्यसै पनि कुनै देश जब भ्रष्टाचारमा चुर्लम्म डबेको हुन्छ त्यो कमजोर हुन्छ । त्यतिबेला जनता र राज्य बिचको परस्पर सम्वन्ध पनि स्वाभावतः असहज र कमजोर हुन पुग्दछ र त्यस्तो कमजोर अवस्थामा नै बाह्य हस्तक्षेप थप बढेर जाने सम्भावना पनि अझ बढी हुन्छ । त्यो अनेक देशका उदाहरणहरु लगायत हाम्रै देशका घटना परिघटनाहरुले पनि एकदमै प्रष्ट पारेको र पारिरहेको यथार्थ कुरा हो ।

यस प्रकार हामीले बुझ्नै पर्ने हुन्छ कि जुन देशको शासन प्रशासनमा भ्रष्टाचार ब्याप्त हुन्छ, त्यो देशको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता, नागरिक स्वतन्त्रता अनि राष्ट्रियता तथा जनजीबिकाको स्थिति पनि कमजोर भएर जान्छ । त्यसले गर्दा बाह्य हस्तक्षेप, दवाब र दख्खलहरु प्नि अझ बढेर जाने थप स्थिति बन्दछ । अनि देश पराश्रित र परनिर्भर हुने दिशामा अझ बढी धकेलिन पुग्दछ । फलतः अरुकै आड भरोसामा अझ बढी भरपर्नु पर्ने अत्यन्तै कमजोर स्थिति खडा हुन्छ । यसरी देशको आत्मनिर्भर र विश्वका राष्ट्र समुदायसँग आँखा जुधाएर खडा हुन सकिने स्थिति नराम्रोसँग खण्डित हुन पुग्दछ । जुन कटु यथार्थ कुरा आज हामी भोग्दै व्यहोर्दै आइरहेका पनि छौं । अत्यन्तै व्यापक जैबिक बिविधिता, अजश्र जलश्रोत र असंख्य युवा जनशक्ति भएर पनि हामी कचौरा थापेर भिख माग्ने स्थितिबाट गुज्रिरहेका छौं र ऋणमा चुर्लुम्म डुब्दै गएका छौँ । अनि आत्मनिर्भर भएर समान अन्तरनिर्भरताको दिशामा अग्रसर हुनसक्ने स्थितिलाई अन्त्य गर्दै गइरहेका छौँ । यो कम दुर्नियतपूर्ण र कम बिडम्बनापूर्ण कुरा होइन ।

माल पाएर पनि चाल नपाउने र मेहनत गरेर राष्ट्र निर्माण गर्नेभन्दा रातारात धनाढ्य बन्ने अत्यन्तै भ्रष्ट बाटो अपनाउने सत्ताशालीहरुको गलत नीतिका कारण आज देशमा अपूर्वरुपमा चौतर्फी चर्को भ्रष्टाचार र संगठित आर्थिक तथा राजनीतिक अपराध बढेर जाँदा पनि तिनले कुनै सही कानुनी उपचार पाइरहेका छ्र्र्रैनन् । बरु राजनीतिक संरक्षण र सुरक्षा पाएर त्यस्ता गतिबिधिहरु मौलाएका छन् । बिगतदेखि अहिलेसम्मका भ्रष्टाचारका ठुल्ठुला अपराधहरु, ललिता निवास प्रकरण, गिरीबन्धु चिया बगान प्रकरण, एनसेल प्रकरण, आयल निगम जग्गा प्रकरण, यति, ओम्नी प्रकरण, सेक्युरिटी प्रेस प्रकरण, शिबिर घोटाला प्रकरण, करछली र कमिशनखोरीका भयंकर काण्डहरु सामसुम बनाइएका छन् या तामेलीमा राखिएका छन् ।

जनता र राष्ट्रको बजेट यसरी नराम्रोसँग हिनामिना गरिएको र स्वाहा पारिएको छ । बिकास योजना परियोजनाहरु अत्यन्तै महँगा तर गुणस्तरहीन र अपूर्ण तुल्याइने गरिएका छन् । हाम्रो अबिकास र कमजोरी मूलतः यही राज्य र जनताको निरन्तर दोहनको कारण हो भन्ने पनि प्रष्ट भइसकेको र भइरहेको छ ।

यो पछिल्लो नक्कली भुटानी शरणार्थी प्रकरणलाई जसरी सतहमा ल्याइएको छ र यसको छानबिन चल्दैछ यसलाई पनि बिगतमा जस्तै सामसुम पार्ने र यसका सबै जिम्मेवारहरुलाई पानीमाथिको ओभानो बनाएर सुनपानी छर्किने प्रपञ्च नहोला भन्न सकिने स्थिति छैन । बिगतका अनेक तस्करी, कमिशन र भ्रष्टचारका काण्डहरु तामेलीमा राखिए, ठुलालाई संरक्षण र सानालाई दण्ड सजाय दिएर टार्ने गरिएको छ । त्यसैको फलस्वरुप देशमाा यस्ता अबाञ्छित घटना परिघटनाहरु दोहोरिने, झाँगिने र मौलाउने आधार बने, बनिरहेका छन् । यसरी दण्डहीनताको प्रपञ्चका जनता र राष्ट्रको मनोबल गिराउने र उनीहरुलाई निराश तुल्याउने एकपछि अर्को गतिबिधिले राजनीतिक भ्रष्टचार र अपराधका कुकर्महरु अझ बढ्ने र राष्ट्र अझ कमजोर र खाक्रो भएर जाने कुरा बाहेक अरु केही हुँदैन । यसको उपचार ठिकसँग भएन भने यसले घोर अराजकता, मनपरीतन्त्र र लुट बाहेक अरु केही पनि जन्माउँदैन । एक त यो राजनीतिक प्रणाली नै मूलतः शोषणको शासनमा आधारित कुर्सीको खेल तमासामा चल्ने प्रणाली हो । त्यसमाथि थप राजनीतिलाई मूल्य, मान्यता, आदर्श र सिद्धान्तबाट च्यूत तुल्याएर जनता राष्ट्रप्रति जिम्मेवार नबनेपछि उत्पन्न हुने स्थिति नै यस्तै हो । यसको अन्तिम परिणति जन बिद्रोह हुन पुग्दछ । लाग्छ, नेपाली राजनीति त्यही दिशामा घचेटिदै, धकेलिदै गइरहेको छ । अत्याचारको पराकाष्ठाले निम्त्याउने कुरा नै वास्तवमा त्यही हो ।


क्याटेगोरी : जनमञ्च, बिचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट