Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

मदन राईको बाल यौनदुर्व्यवहारबारे अध्ययन प्रतिवेदन सार्वजनिक


काठमाडौं, ७ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित शुभद्रा मदन (शुभम) फाउन्डेसनमा भएको बाल यौनदुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा प्रतिवेदन सार्वजनिक गरिएको हो ।

आफूलाई कृषि वैज्ञानिक भन्ने मदन राईले आफू र आफ्नो श्रीमतीको नामबाट स्थापना गरेको शुभद्रा मदन फाउन्डेसनमार्फत सञ्चालित विद्यालयमा अध्ययनरत छात्रालाई निर्वस्त्र भई अश्लील शब्दहरू प्रयोग गर्ने, निर्वस्त्र भई मसाज गर्न लगाउने, संवेदनशील अंगहरूमा हात हाल्ने र शारीरिक सम्पर्कका लागि आग्रह गर्ने गरेको प्रतिवदेनमा उल्लेख छ ।

स्थलगत अध्ययन समितिको प्रतिवेदनबारे जानकारी दिँदै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप०का अध्यक्ष राजेश शर्माले विद्यालयको प्रार्थना वा अरू कुनै समयमा बालबालिकाको अगाडि निर्वस्त्र हुने, बालबालिकालाई लहरै राखेर यौनजन्य गतिविधि गर्नेरगर्न लगाउने गरेको पाएको बताए ।

राईले सहरी शिक्षाका लागि भन्दै ललितपुरस्थित आफ्नै घरमा लगेर समेत किशोरीहरूमाथि दुर्व्यवहार गर्ने गरेको र शारीरिक सम्पर्कपछि रजस्वला भए÷नभएको बारेमा सोधपुछ गर्ने गरेको पाएको उनले जानकारी दिए ।

विद्यालय हाताभित्रै होमस्टे, क्याफे सञ्चालन गरेको र त्यसमा कमचारीका रूपमा बालबालिका तथा किशोरीलाई काम लगाउने गरेको अध्ययन समितिले पाएको बताइएको छ ।

यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य राईले मदन राईलाई पक्राउ गरेपछि बालबालिकालाई त्यहाँका गतिविधि नभन्न दबाब र धम्की दिएको पाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

शर्माका अनुसार अध्यक्ष राईमाथि समेत यौनदुरव्यवहारको आरोप लागेको छ । तर, जाहेरी दर्ता नभएका कारण मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको छैन । विद्यालयभित्र जोसुकै प्रवेश गर्न पाउने भएकाले बालबालिका थप जोखिममा रहेको प्रतिवदेनको जनाइएको छ ।

विद्यालयले सञ्चालन गरेको आवासगृह समेत कतै दर्ता नगरेको पाएको अध्यक्ष शर्माले बताए । पीडित बालबालिकाको तत्काल उद्धार गर्नुपर्ने, आवासगृहमा भएका कानुनविपरीतका कार्यलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने र विद्यालयमा बाल संरक्षण संयन्त्र निर्माण गर्न आवश्यक रहेको अध्ययन समितिले औँल्याएको छ ।

उक्त विद्यालयमा अहिले पनि १०१ बालबालिका छन् । प्रहरीले मदन राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : जनमञ्च, प्रदेश
ट्याग : #hot, #madan rai

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट