Techie IT
  • २० मंसीर २०८०, बुधबार
Jhilko

महेश बस्नेतको घरमै पुगेर बालेन साहले भेट गरे


भक्तपुर, २४ फागुन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र पूर्व मन्त्री एवम् नेकपा (एमाले) को पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच भेटवार्ता भएको छ। भेटका लागि प्रमुख शाह भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित नेता बस्नेतको निवासमा पुगेका हुन् ।

नेता बस्नेतको निजी सचिवालयका अनुसार उनीहरुबीचको भेटघाटमा काठमाडौं र भक्तपुरको विकास र त्यहाँको समस्या समाधानमा दुवै पक्षले खेल्नुपर्ने भूमिका एवम् भक्तपुरको विकास देशकै लागि उदाहरणीय र अनुकरणीय भएको विषयमा छलफल भएको छ।

काठमाडौं प्रमुख साहले पुनःनिर्माण गरिएको अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथीभरा मन्दिर, निर्माणाधीन राष्ट्रिय प्राणी उद्यान केन्द्र लगायतको अवलोकनसमेत गरेका थिए ।

भेटघाटमा वर्तमान राष्ट्रिय राजनीति, मनोहरा करिडोर निर्माण र त्यहाँका समस्या, मनोहरा नदीको बहाव परिवर्तन र त्यसको समाधान, सकुम्बासी बस्तीको समस्या समाधानको उपाय, कोटेश्वर चोकमा आकाशे पुल निर्माण, हनुमन्ते नदीको ५५ रोपनी र मनोहरा नदीको ४४ रोपनी जग्गा कब्जा, सूर्यविनायकदेखि धुलिखेलसम्मको ६ लेनको सडक स्तरउन्नति, भक्तपुरको नमूनायोग्य विकास र त्यसको अनुकरणको विषयमा छलफल भएको थियो ।

भेटमा भक्तपुरको पर्यटकीय एवम् धार्मिक क्षेत्रको विकास, प्राणी उद्यान केन्द्र, अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण र सहकार्य र वातावरण प्रदूषण नियन्त्रण लगायत मुख्य १५ वटा शीर्षकमा छलफल भएको छ। प्रमुख बालेन्द्रले काठमाडौं महानगरमा भक्तपुर जिल्लामा भएको मोडल अनुरुपको विकास हुनुपर्ने बताउँदै आएका छन् ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #Balen shah

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट