Techie IT
  • २४ मंसीर २०८०, आईतबार
Jhilko

पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु


कास्की, ३ चैत । पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा ग१ख ७१०८ नम्बरको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट