दोलखाको कालिञ्चोकमा मानव कङ्काल भेटियो

दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिका १ स्थित भैसे पात्लेखोलामा मानव कंकाल भेटिएको छ । पात्लेखोलामा फेला परेको शव सडेगलेको अवस्थामा कपडा र हड्डी केही भाग मात्रै देखिएको छ । उक्त स्थानमा मालिङ्गो काट्न जाने क्रममा मङगलबार दिउँसो करिब १ बजे मानव कङ्काल भेटिएपछि स्थानीयले वडाध्यक्ष पदमबहादुर थामीलाई खबर गरेका थिए ।
वडाध्यक्ष थामीले विगु चौकी , सिङगटी चैकी र चरिकोट प्रहरी चौकीमा खबर गरेको बताए । बुधबार बिहान करिब ८ बजे चरिकोट प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि सदरमुकाम पठाइएको छ। उक्त शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया