विद्युत् सर्ट भएर आगलागी हुँदा पाँचथरमा एक घर जल्यो

फिदिम, २७ चैत । विद्युत् सर्ट भएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ का हर्कबहादुर चेम्जोङको घर जलेर नष्ट भएको छ ।
आइतबार साँझ साढे करिब पाँच बजे भएको आगलागीका कारण घर र घर भित्र रहेको अन्नपात, नगद र सुनचाँदी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।
आगलागी हुँदा चेम्जोङ परिवारका पाँच जना सदस्य घरविहीन भएका छन् ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #fire
प्रतिक्रिया