Techie IT
  • २४ मंसीर २०८०, आईतबार
Jhilko

तनहुँको पिउरी दोभानमा जीप दुर्घटना, चालकको मत्यु, सात जना घाइते


तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानमा हिजो बेलुका जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन्।

दुर्घटनामा जीप चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनारको ज्यान गएको हो ।

दुलेगौडाबाट पिउरी दोभानका लागि छुटेको ग १ ज ७९४२ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।

जीप दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–१२ बस्ने २१ वर्षीया मोतीकला भुजेल, त्यही ठाउँ बस्ने ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल घाइते भएका छन् ।

घाइतेमध्ये मोतिकलाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने अन्य घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट