Techie IT
  • २१ मंसीर २०८०, बिहीबार
Jhilko

लालबन्दीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु


सर्लाही, ७ वैशाख । सर्लाहीको लालबन्दीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्गको कालीञ्जोर खोला पुल नजिक ना ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्रदेश २–०३००१ ख ८१५ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक महोत्तरी गौशला नगरपालिका–११ का २९ वर्षीय श्रवण कुमार महतो र उनका १२ वर्षीय भतिज विक्रम महतोको ज्यान गएको हो ।

मृतक दुवैको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #accident, #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट