Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

काठमाडौंको कपनमा पसलभित्र छिरेर महिलाको चक्कु हानेर हत्या


काठमाडौं । कपनमा एक महिलाको चक्कु प्रहार गरी हत्या गरिएको छ। बिहीबार दिउँसो कपनको सरस्वती नगरमा पसल चलाउँदै आएकी महिलाको हत्या भएको हो।

बागलुङको बडिगाढ गाउँपालिका घर भएकी ३५ वर्षीय निरा आचार्यको हत्या भएको हो। चक्कु प्रहारपछि गम्भीर घाइते भएकी आचार्यको उपचारको क्रममा महाजगञ्जस्थित टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

‘महिलाको मृत्यु भइसकेको छ। हामी थप अनुसन्धान गरिरहेका छौँ ,’ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्र सिंह राठौरले भने।

चक्कु कसले र किन हान्यो भन्ने खुलेको छैन। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले संयुक्त रुपमा घटनाको अनुसन्धान गरिरहेको छ।

महिला पसलमा भइरहेको समयमा एक पुरुषले चक्कु हानेको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना लुटपाटको लागि नभएर अन्य कारणले हुन सक्ने देखिएको छ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट