Techie IT
  • २२ मंसीर २०८०, शुक्रबार
Jhilko

कञ्चनपुरमा घाँस काट्न गएकी महिलालाई बाघले लग्यो


कञ्चनपुर । कञ्चनपुरमा घाँस काट्न गएकी एक जना महिलालाई बाघले लगेको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ पचुँइकी गंगादेवी चन्द बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने क्रममा चन्दलाई बाघले लगेको हो । उनीसँगै रहेका अरू महिलाहरू भने भागेका छन् । बेपत्ता चन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाघ भगाउन प्रहरीले हवाई फायरसमेत गरेको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट