Techie IT
  • २४ मंसीर २०८०, आईतबार
Jhilko

भरतपुर-११को नयाँ किरण मा.वि.मा रोकिएको मतदान सुरु


चितवन, वैशाख १० गते। भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माध्यमिक विद्यालय स्थलमा रोकिएको मतदान कार्य सुरु भएको छ।

मतदान स्थलमा रास्वपाका कार्यकर्ताले निर्वाचन चिह्न बजाउँदै आएको भन्दै विपक्षी पार्टीले नाराबाजी गरेपछि १२ बजेदेखि रोकिएको मतदान कार्य अपराह्न ३स्३० बजेबाट सञ्चालनमा आएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उलङ्घन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमतिपछि मतदान कार्य सुरु भएको हो।

विवादमा देखिएको समस्याका विषयमा छलफल गरेर टुङ्गोमा पुगेपछि मतदान कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। चार बुँदे सहमति भएपछि मतदान कार्य सुरु भएको उनको भनाइ छ।

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट