Techie IT
  • २१ मंसीर २०८०, बिहीबार
Jhilko

चलचित्र ‘काँडेतार’ लाई प्रर्दशनमा रोक


काठमाडौं, १२ वैशाख । सरकारले चलचित्र ‘काँडेतार’ लाई प्रर्दशनमा रोक लगाएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रका केही सम्वाद र दृश्यहरूमा आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएको हो ।

बोर्डले ती दृष्य काट्न भनेको थियो । तर, चलचित्र निर्माण टिम कुनै सम्वाद र दृष्यमा कैची चलाउन तयार नभएपछि बोर्डले प्रदर्शनमा रोक लगाएको हो ।

निर्माता, निर्देशक र नायक नवल खड्काले कुरामा कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न आफूले अनुरोध गरेको बताए । कुनै पनि दृश्य वा सम्वादहरू नकाटी जस्ताको त्यस्तै दर्शकसामु पुर्‍याउने उनको भनाइ छ । बोर्डले प्रदर्शन अनुमति नदिए न्यायका लागि अदालतसमेत जान सक्ने उनले बताए ।

सामना फिल्मस् प्रालिद्वारा निर्मित चलचित्र खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ ।


क्याटेगोरी : मनोरञ्जन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट