Techie IT
  • २४ मंसीर २०८०, आईतबार
Jhilko

सवारी चालक अनुमतिपत्र नवीकरण अव हरेक १० वर्षमा : मन्त्री ज्वाला


काठमाण्डौं, १२ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच/पाँच वर्षमा गर्नुपर्ने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

मङ्गलवार मन्त्रालयमा पूर्वाधार पत्रकार समूहसँगको भेटमा मन्त्री ज्वालाले स्मार्ट लाइसेन्स पाँच/पाँच वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा रहेको बताएका हुन् । उनले स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए ।

उनले भने, ‘सेवाग्राहीलाई स्मार्ट लाइसेन्स सहजरूपमा उपलब्ध गराउने कुरा प्रमुख प्राथमिकतामा छ । स्मार्ट लाइसेन्सको आयु २० वर्ष भएकाले पाँच/पाँच वर्षमा लाइन्सेन्स नवीकरण गर्ने काम झन्झटिलो छ । लाइसेन्सको मिति सकिने अवस्थाको पनि अन्त्य गर्न र लाइसेन्स वितरणको लोड कम गर्ने गरी १० वर्षमा नवीकरण गर्ने गरी ऐनमा नै व्यवस्था गरेर अघि बढाएका छौँ । केही समयपछि यो लागू हुन्छ ।’

मन्त्री ज्वालाले यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो रहेको बताउँदै लाइसेन्सका समस्या समाधान गर्न सरकारले कार्ययोजना बनाएर अघि बढेको बताए । उनले लाइसेन्सका लागि ट्रायल परीक्षा पास गरेर लामो समयसम्म स्मार्ट लाइसेन्स कुरेर बसेकाहरूको समस्या सात महिनाभित्र अन्त्य गर्ने योजना बनाएको उल्लेख गरे ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट