तिनाउ खोलामा डुबेर रूपन्देहीको शिशिर उपाध्याय बेपत्ता
पाल्पा, १३ वैशाख । तिनाउ गाउँपालिका ३ स्थित तिनाउ खोलामा डुबेर बुधबार एक जना बेपत्ता भएका छन्। रूपन्देहीको सिद्धार्थ नगरपालिका–८ का १७ वर्षीय शिशिर उपाध्याय बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।
साथीहरूसँग घुम्न आएका उनी पौडी खेल्ने क्रममा दिउँसो पौने दुई बजे डुबेका हुन्। उनको अहिले खोजी कार्य भइरहेको प्रनाउ थापाले बताए।
क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
प्रतिक्रिया