Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

आजको मौसम : छिटपुट वर्षा र हावाहुरीको सम्भावना


काठमाडौं । आज देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेषगरी दिउँसोपछि पहाडी र तराईका केही क्षेत्रमा मेघगर्जन र हावाहुरीको सम्भावना देखिएको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन। काठमाडौं उपत्यकामा पनि मौसम आंशिक बदली भएको छ ।

दिउँसोपख काठमाडौंमा छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् । आज बिहान गण्डकीका केही क्षेत्रमा हल्का वर्षा भएको थियो । देशका धेरै ठाउँमा भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ ।

प्रि–मनसुन भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । आज राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट