Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

बैतडीको दोगडाकेदार गाउँपालिकामा पाँच दिनदेखि सञ्चारसेवा अवरुद्ध


बैतडी, १७ वैशाख । बैतडीको दोगडाकेदार गाउँपालिकामा गएको पाँच दिनदेखि सञ्चारसेवा अवरुद्ध भएको छ ।

दोगडाकेदारको सिल्लेगडामा रहेको नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चार सेवा अवरुद्ध भएको हो । सञ्चार सेवा अवरुद्ध हुँदा समस्या भएको स्थानीय डम्बर कुँवरले बताए । टावरमा समस्या आएपछि टेलिकमको भ्वाइस र इन्टरनेट सेवा अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कबाट विच्छेद हुनुपरेको छ ।

टावरमा समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएकाले छिट्टै समस्या समाधान हुने नेपाल टेलिकम बैतडीको सजित प्याकुरेलले बताए ।


क्याटेगोरी : विज्ञान, समाचार, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट