Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

वीर अस्पतालको पर्खाल भत्किदा चार जना घाइते


काठमाण्डौं, १७ वैशाख । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएर खस्दा चार जना घाइते भएका छन् । आज आइतवार दिउँसो छतको पर्खाल खसेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार घाइते हुनेमा तीन जना महिला र एक जना पुरुष रहेका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । लगातारजसो परेको पानीका कारण छतको पर्खाल खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट