Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

२४ घण्टामा ६० जनामा कोरोना सङ्क्रमण


काठमाडौं । पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार चार सय ७३ जनाको नमुना परीक्षण गर्दा ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ५५ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय २८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार छ सय ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिले सङ्क्रमितमध्ये २८ जना संस्थागत आइसोलेशन, नौ जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट