Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


दाङ । रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य आठ जना घाइते छन् ।

आज आइतवार दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका–६ राँक ताप्लाका लागि छुटेको जीप गंगादेवको ओइलाम नजिकै दुर्घटना भएको हो । दुर्घटनामा १५ वर्षका तिलक वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरी उपचारका लागि तुलसीपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट