Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

मिटरब्याज पीडितको समस्या समाधान गर्न राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने सरकारको निर्णय


काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ ।

मङ्गलवार सिंहदरवारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष मिटरब्याज पीडितको समस्या समाधान गर्न त्यससँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपतिसमक्ष आज नै पठाउने निर्णय भएको बताइन् ।

मन्त्री शर्माले बैठकमा नेपाल ऐनलगायत केही ऐन संशोधन गर्ने विषयको बारेमा पनि छलफल भएको बताए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट