Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

रातो मच्छिन्द्रनाथको रथयात्रा लम्बियो, आज तंगलबाट लगनखेलतिर लगिँदै


काठमाडौं । ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिँदैछ । हिजो रथलाई लगनखेलतर्फ लैजानको लागि चक्रबहिलबाट तानिएकोमा तंगलसम्म मात्र पुर्याउन सकेको हो ।

आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ । विगतका वर्षहरूमा सुन्धाराबाट लगनखेलसम्मको यात्रा दुई दिनको हुने गरेकोमा यसपालि रथमा समस्या भएकोले यात्रा लम्बिएको छ। सुन्धाराबाट लगनखेलसम्मको यात्रा आइतबार शुरू भएको हो भने त्यसदिन रथलाई थपाहितिसम्म मात्र तान्न सकेको थियो। थपाहितिमा राखिएको रथलाई क्रेनको सहयोगले सोझ्याएपछि लगनखेलतर्फ लैजानको लागि सोमबार तानिएको थियो । त्यस दिन रथलाई चक्रबहिलसम्म मात्र तान्न सकिएको थियो ।

हिजो रथ चक्रबहिलबाट तानेर तंगलसम्म मात्र पुर्याउन सकेको थियो । जात्राको पहिलो दिन नै रथ देब्रेतिर ढल्किएर समस्या भएको थियो भने त्यसबेलादेखि नै रथ देब्रेतिर ढल्किरहेको छ। आज पनि मर्मत गरेर लगनखेल पुर्याउन रथ तान्नको लागि तयारी भएको छ । यस वर्षको रथयात्रा गएको सोमबार बैशाख ११ गते शुरु भएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट