Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

पृथ्वी राजमार्गमा दुईतर्फी गाडी सञ्चालनको प्रयास


काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा भासिएको सडक मर्मतको काम भइरहेको छ । गणेश खोला पुलको सडक भासिएपछि अस्ति सोमबार दिउँसो ४ बजेदेखि बन्द सडकमा हिजो बिहान १० बजेदेखि एकतर्फी गाडी चलिरहेका छन् ।

दुईतर्फी नै सडक खुलाउने प्रयास भैरहेकोे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले बताए। उनका अनुसार नेपाली सेना, सडक विभागका कर्मचारीलगायतको टोलीले सडक बनाउने काम गरिरहेको छ । पृथ्वी राजमार्ग भएर दैनिक हजारौँ संख्यामा गाडी र यात्रु ओहोरदोहोर गर्ने भएकाले एकतर्फी मात्रै सडक खुल्दा चाप हुने गरेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट