Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

कालीगण्डकी नदीमा बेपत्ता भएका युवकको शव पाँच दिनपछि फेला


स्याङ्जा, २१ वैशख । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको पाँच दिनपछि आज फेला परेको छ ।

रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए।

खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर–४ वडभानस्थित कालीगण्डकी नदी किनारमा शव फेला पारेको इलाका प्रहरी कार्यालय रामपुरका निमिक्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक दलबहादुर बुढाले जानकारी दिए।

भारतको हिमाञ्चल प्रदेश कसैली घर भएका राउत रामपुर–५, बेझाडस्थित एक ट्याटु हाउसमा साथीसँग काम सिक्न आएका हुन्। शनिबारको दिन साथीसँगै नदीमा पौडी खेल्न पुगेका थिए। शव परीक्षणका लागि अहिले रामपुर अस्पताल लगिँदै छ।

 


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट