Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

सुक्खा पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउमा सडक बन्द


काठमाडौं । सुक्खा पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ–५, चर्चरे सडक खण्ड ठप्प भएको छ ।

बिहान साढे ५ बजेतिर खसेको पहिरोका कारण गाडीको आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक एसपी हेरम्ब शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ । सडक बन्द हुँदा पाल्पा–बुटवल आवतजावत गर्ने गाडी र यात्रु रोकिएका छन् ।

यस्तै, काठमाण्डौसँग मुख्य नाका जोडिएको धादिङ धार्केमा एकतर्फी नै गाडी चलिरहेको छ । सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । गएको सोमवार दिउँसो धुनिबेसी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश पुलमा सडक भासिएपछि गाडीको आवागमन प्रभावित भएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट