Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

रौतहटमा जबरजस्ती करणीको प्रतिवाद गर्दा महिलामाथि निर्घात कुटपिट


रौतहट, २२ वैशाख । रौतहटमा एक महिलामाथि निर्घात कुटपिट भएको छ। चन्द्रपुर नगरपालिका वडा नं-१० बालचनपुरका एक युवाले एक महिलामाथि निर्घात कुटपिट गरेका हुन्। स्थानीय रामज्योदी पासवानको छोरा विजय पासवानले गाँउकै एक ३२ वर्षकी विवाहित महिलामाथि बिहिबार लछारपछार गर्नुका साथै निर्घात कुटपिट गरेका हुन्।

कुटपिटबाट घाइते महिलाको अहिले चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पताल प्रालीमा उपचार भइरहेको छ। राजनीतिक संरक्षणमा छुल्याहा गतिविधि गर्दै आएका पासवानले महिलामाथि गरेको कुटपिटको विषयमा पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उजुरी दिएको भए पनि पासवान पक्राउ पर्न सकेका छैनन्।

हिजो (बिहीबार) वडा कार्यालय जादै गरेकी महिलालाई बालचनपुर र विर्ता बजारबीचको बाटो नजिकै पर्ने एकान्त स्थानमा पासवाले जबरजस्ती करणी गर्न खोजेको पीडितको आरोप छ। महिलाले प्रतिवाद गरेपछि पासवालले निर्घात कुटपिट गरेका थिए।


क्याटेगोरी : जनमञ्च, समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट