Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

असरल्ल झुण्डिएका तार व्यवस्थापन गर्न सरकारले असहयोग गर्योः बालेन साह


काठमाडौं, २२ वैशाख । सहरमा असरल्ल झुण्डिएका तार व्यवस्थापन गर्न सरकारले सहयोग नगरेपछि अब काठमाडौं महानगरपालिका आफैं त्यसमा तत्पर हुने मेयर बालेन शाहले बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले तार व्यवस्थापनको काममा सरकारले आफूलाई अघि नबढ्न आदेश दिएको समेत उल्लेख गरेका छन् ।

‘यसलाई व्यवस्थित बनाउन, एकीकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको थियो, त्यसतिर कुनै सुनुवाइ नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ,’ मेयर शाहले लेखेका छन्, ‘यसबीच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो ।’

मेयर शाहले अव्यवस्थित तारहरूका कारण गत वर्ष ५३ ठाउँमा आगलागी भएको तथ्यांक प्रस्तुत गर्दै यसले शहरलाई भौतिक रूपमा पनि अव्यवस्थित बनाएको बताएका छन् । ‘शहरका पोलहरूमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला, त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन्,’ उनले लेखेका छन्, ‘आगलागीको जोखिम पनि बढाएका छन् ।’ उनका अनुसार यस्ता समस्या समाधान नगरी महानगरको सुधार हुँदैन ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #Balen shah

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट