Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

कोरोनाको ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ सकियो : डब्ल्यूएचओ


विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ (कोरोना भाइरस) ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ सकिएको घोषणा गरेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको थियो । यो घोषणाले महामारी नियन्त्रण गर्ने दिशामा एक महत्त्वपूर्ण कदमको प्रधिनिधित्व गर्ने डब्ल्यूएचओले बताएको छ ।

डब्ल्यूएचओ प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कोरोना महामारीका विश्वभर कम्तीमा ७० लाख मानिसको ज्यान गएको बताए ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट