Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

कञ्चनपुरमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट प्रमुखमाथि खुकुरी प्रहार


कञ्चनपुर, २३ वैशाख । सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुखमाथि खुकुरी प्रहार भएको छ ।

दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । गत शुक्रबार राती होहल्ला गरे पछि सम्झाउन गएका सई चौंसिर माथि खुकुरी प्रहार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राती १० बजेको समयमा बिओपी प्रमुख माथि खुकुरी प्रहार भएको हो । सो खुकुरी प्रहारवाट उनको बाया पाखुरामा चोट लागेको छ ।

खुकरी प्रहार गरी फरार रहेकाहरुको अहिले खोजी कार्य जारी राखिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट