Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

केही ठाउँमा आज पनि वर्षाको सम्भावना


काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट