Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

असिनापानीका कारण मकैबाली र तरकारी खेतीमा क्षति


गण्डकी, २४ वैशाख । शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ ।

साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पुर्‍याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । केही स्थानमा क्षति पुर्‍याएको जानकारी आए पनि त्यसको यकिन विवरण भने प्राप्त नभएको उनले बताए ।

वडा नं ३२ स्थित तल्लो गगनगौडाको बेलबुटे र आसपासका क्षेत्रमा मकैबालीका साथै फल्ने बेलाको लहरे तरकारीमा क्षति पुगेको स्थानीयवासीले बताए । हावाहुरीसहितको असिना पानीले मकैका पात छियाछिया बनाएको छ भने फल्ने तयारीमा रहेका लहरेबालीमा समेत क्षति पुर्‍याएको छ ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट