Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

इन्जिनमा समस्या देखिएपछि काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज १७ मिनेटमै भैरहवा फर्कियो


काठमाडौैं, २५ वैशाख । भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा नै फर्किएको छ ।

श्री एयरलाइन्सको एसएचए ८२२ नम्बरको ७२ सिटे विमान बिहान ९ः ४० बजे काठमाडौँका लागि उडेको थियो । तर, उडानको करिब १७ मिनेटपछि नै विमानमा केही प्राविधिक समस्या देखिए पनि पुनः गौतवुद्ध विमानस्थलमा नै अवतरण (ल्यान्ड) गरिएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । विमान ९ः ५७ बजे ल्यान्ड भएको हो ।

उडानको करिब १७ मिनेटपछि विमानमा इन्जिनियरिङ समस्या देखिएको जानकारी प्राप्त उनले बताए ।


क्याटेगोरी : पर्यटन, समाचार, लुम्बिनी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट