Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

परराष्ट्र मन्त्रालयका नासु बेगनास तालमा मृत फेला


कास्की । परराष्ट्र मन्त्रालयमा कार्यरत नायब सुब्बा (नासु) पोखराको बेगनास तालमा मृत फेला परेका छन् । मन्त्रालयका नासु उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास तालमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आज सोमवार बिहान साढे ८ बजे बेगनास तालको डुङ्गाघाटभन्दा चार सय मिटर तल पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । परिचयपत्रका आधारमा भण्डारीको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृतक भण्डारी राहादानी विभागमा कार्यरत थिए ।

भण्डारीको साथबाट जहाजको टिकट पनि भेटिएको प्रहरीले बताएको छ । उनी आइतवार जहाजबाट पोखरा आएको खुलेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट