Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

स्वतन्त्र न्यायालयप्रति सचेत रहन सबैलाई प्रधानमन्त्री प्रचण्डको आग्रह


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र न्यायालयप्रति सचेत रहनुपर्ने सबैलाई आग्रह गरेका छन् । कानुन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सम्पूर्ण नेपालीलाई थप प्रेरणा मिलोस भनी कानुन दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले शुभकामना व्यक्त गरे ।

नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाइने गरिन्छ ।

नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको कार्यान्वयन भने विसं २००९ वैशाख २६ गतेबाट भएको थियो । सोही दिनको सम्झना गरी प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाइने गरिएको हो ।

सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गर्छ । प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहने गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट