Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

शैक्षिक सुधार गर्न सरकार कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता


काठमाडौं । प्रधानमन्त्री प्रचण्डले देशको शिक्षा क्षेत्रको सुधार गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

विगतदेखि नै थाँती रहेका केही विषयमा सरकारले स्पष्ट दृष्टिकोणका साथ निर्णय गर्ने सो क्रममा प्रतिमण्डललाई प्रधानमन्त्रीले विश्वास दिलाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले शिक्षकका समस्याका बारेमा आफू जानकार रहेकाले सम्बोधनको पहल गर्ने भेटपछि प्रतिनिधिमण्डलका सदस्यहरूले जनाएका छन् ।

महासंघले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, संघीय शिक्षा ऐन तत्काल जारी गर्न र आगामी आर्थिक वर्षको बजेटमा शिक्षक कर्मचारीका माग पूरा गर्न प्रधानमन्त्रीसमक्ष माग गरेको जनाएको छ ।

शिक्षा क्षेत्रका लागि कूल बजेटको २० प्रतिशत बराबरको रकम लगानी गर्न माग महासंघले माग गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट